२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

कोकाह खोलामा झोलुंगे पुल बन्यो

धनकुटा — साँगुरीगढी गाउँपालिका र सुनसरीको बराहक्षेत्र जोड्ने कोकाह खोलामा झोलुंगे पुल बनेपछि स्थानीयमा खुसी छाएको छ ।

मर्दापर्दासमेत साथ दिन नसकेका खोला वारपारका स्थानीयले झोलुङ्गेपुल बनेपछि राहत पाएका छन् । सहज आवागमनसँगै गाउँका उत्पादन बजार पुर्‍याउन र ल्याउनसमेत सजिलो भएको स्थानीय बताउँछन् ।

प्रदेश सरकारको ८० लाख ७९ हजार ९ सय रुपैयाँ लागतमा पुल निर्माण भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष पुनक राईले बताए ।

पालिकाको फेसुवा खोलामा समेत संघीय सरकारको २० लाख १५ हजार ४ सयको लागतमा पुल निर्माण भएको छ । सहिदभूमि र साँगुरीगढी जोड्ने पुलसमेत निर्माण सम्पन्न भएको छ ।

प्रकाशित : वैशाख १, २०७८ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?