कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशसभा सदस्य पद गुमाएका मन्त्री आङ्बोहाङले फेरि लिए शपथ

देवनारायण साह

मोरङ — प्रदेशसभा सदस्य पद खारेज भएका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङले शुक्रबार पुनस् नियक्त भएर मन्त्री पदको सपथ लिएका छन् ।

प्रदेशसभा सदस्य पद गुमाएका मन्त्री आङ्बोहाङले फेरि लिए शपथ

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आङ्बोहाङलाई आर्थिक मामिला तथा योजनामन्त्रीमै पुनस् नियुक्त गरेपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

तत्कालीन माओवादी केन्द्रबाट ताप्लेजुङको १९ख० निर्वाचन क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर संसदीय दलका नेता भएका आङ्बोहाङ चैत १३ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका थिए । एमालेको केन्द्रीय सदस्य भई मन्त्री समेत भएको भन्दै माओवादी केन्द्रले आङ्बोहाङले दल त्याग गरेको पत्र प्रदेश सभामा दर्ता गरेको थियो ।

सभामुख प्रदिपकुमार भण्डारीले विहिवार प्रदेशसभा बैठकमा माओवादी केन्द्रले आङ्बोहाङले दल त्याग गरेको पत्र पढेर प्रदेशसभा सदस्यबाट पद मुक्त भएका सदनलाई जानकारी गराएका थिए ।

तत्कालीन माओवादी केन्द्रका संसदीय दलका नेता आङ्बोहाङ पार्टी एकतापछि उपनेता भएका थिए । मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आङ्बोहाङ फागुन २८ गते नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका थिए ।

प्रकाशित : चैत्र २७, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?