ट्याक्टर अनियन्त्रित हुँदा सहचालकको मृत्यु



मोरङ — विराटनगर महानगरपालिका–१४ मा ट्याक्टर अनियन्त्रित हुँदा सहचालकको मृत्यु भएको छ ।

स्थानीय २५ वर्षीय कामेश्वर कामतको ट्याक्टरले किच्दा मृत्यु भएको हो ।
को२त २७३४ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा ट्याक्टरबाटै किचिएर सहचालक कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।