मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

मोरङ — मोरङको रतुवामाई नगरपालिका-३ मा बुधबार राति मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ ।
रतुवामाई ३ की ६० वर्षीया चिन्तीदेवी ताजपुरीयाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
मे११प ५४५५ नम्बरको मोटरसाइकलको ठक्करले घाइते ताजपुरियालाई उपचारका लागि रंगेली अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।
दुर्घटनापछि मोटरसाइकल र चालक रतुवामाई ३ का १८ वर्षीय अक्षयकुमार ताजपुरीयालाई नियन्त्रणमा लिएको उनले बताए ।