१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

अग्‍नीपीडितलाई कर्मचारीको आर्थिक सहयोग

रमेशचन्द्र अधिकारी

धनकुटा — आगलागीबाट गत साता क्षति भएको हाम्रो बहुमुखी पाठशालालाई धनकुटामा कार्यरत सरकारी कर्मचारीले करिब एक लाख आर्थिक सहयोग गरेका छन् । 

अग्‍नीपीडितलाई कर्मचारीको आर्थिक सहयोग

कला तथा संस्कृति क्षेत्रमा क्रियाशील संस्था पाठशालाको लागि जिल्लास्थित सरकारी कार्यालयका प्रमुख लगायतले रकम जुटाएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । उनले कर्मचारीहरुका तर्फबाट पाठशालाका सञ्चालक सरोज भुजेल र सोभित श्रेष्ठलाई ९३ हजार ७ सय ७० रुपैयाँ हस्तान्तरण गरे । सहयोग रकम ग्रहण गर्दै पाठशालाका सञ्चालक भुजेलले सहयोगी मनहरुको कारण पुरानै अवस्थामा फर्कन सहज हुँदै गएको बताए ।

धनकुटा नगरपालिका–७ मदनचोकमा रहेको पाठशालामा लागलागीका कारण करिब ५० लाख बराबरको क्षति भएको थियो । आगलागीबाट पाठशालाको भवनमा रहेका टपरी बनाउने मेसिन, विद्युत्‌बाट कुखुराको चल्ला निकाल्ने मेसिन, साउण्ड सिस्टम र जातीय भेषभूषा, जातीय गरगहना लगायतका सामान समेत जलेर नष्ट भएको थियो ।

प्रकाशित : चैत्र १७, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षा हटाउने शिक्षा विधेयकको प्रावधानबारे संसदीय समितिमा बहस चलिरहेको छ । तपाईंको राय के छ ?