कान्तिपुरकर्मी मेन्याङ्बो पुरस्कृत

सुनसरी — होराइजन क्बल पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी प्रदीप मेन्याङ्बो पुरस्कृत भएका छन् ।

सुनसरीमा कार्यक्षेत्र बनाएर पत्रकारितामार्फत खेलकुदको प्रचारप्रसारमा योगदान दिएको भन्दै मेन्याङ्बोलाई मंगलबार पुरस्कृत गरिएको हो । क्लबले प्रत्येक वर्ष आयोजना गर्ने राष्ट्रिय बास्केटबल प्रतियोगिताको अन्तिम दिन एकजना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । मेन्याङ्बोलाई क्लबका अध्यक्ष बसन्त राईले नगद ५ हजारसहित सम्मानपत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा चारदिने पाचौं राष्ट्रिय होराइजन बास्केटवल कप प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो ।
