१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

कान्तिपुर संवाददाता

मोरङ — मिक्लाजुङ गाउँपालिका–६ थामीझोडामा सोमबार राति जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीय यामबहादुर बोहोराको मृत्यु भएको हो । 


छिमेकीको घरमा टेलिभिजन हेरेर फर्किंदै गरेका बोहोरालाई तीनवटा जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । गम्भीर घाइते बोहोरालाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए ।

प्रकाशित : चैत्र १७, २०७७ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?