कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङको खाम्लुङमा घर मतान जल्दा २९ लाख क्षति

आनन्द गौतम

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका ३ खाम्लुङको साक्फारामा शुक्रबार मध्यान्ह लागेको आगोले स्थानीय हरिप्रसाद पोखरेलको तीनतले घर, दुईतले मतान र कटेरो जलेको छ । आगो निभाउने क्रममा हरिका छोरा तिलप्रसाद घाइते भएका छन् । उनको कम्मरदेखि मुनीको भाग जलेको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । 

घरदेखि करिब आठ सय मिटर पश्चिम खेतमा झ्यास, पतकर जलाउने क्रममा हावाले उडाएको आगोले घर जलाएको हो । ‘त्यहीबेला ठूलो हावा चल्यो, हावाले आगोको लप्को उडाएर ल्याएर कटेरोमा टिपेछ,’ पोखरेलले भने, ‘कटेरोबाट सुरु भएको आगोले घर मतान सबै जलायो ।’ कटेरो र मतानको मुनी बाँधेका बस्तु फुकाउन र ओड्ने ओछ्याउने कपडासम्म निकाल्न भ्याएको पोखरेलले बताए ।

आगलागीबाट २९ लाख ५ हजारबराबरको क्षति भएको दोभान इलाका प्रहरी कार्यालयले जनाएको छ ।

फागुन १८ गते यही वडाको दोभान बजारमा लागेको आगोले ५० वटा घर जल्दा ६२ परिवार विस्थापित भएका थिए ।


प्रकाशित : चैत्र १३, २०७७ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?