कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्र्याक्टरको ठक्कर मोटरसाइकल चालकको मृत्यु

मोरङ — कटहरी गाउँपालिका ४ स्थित रंगेली सडकमा बिहीबार ट्र्याक्टरले दिएको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । 

दुर्घटनामा धनपालथान गाउँपालिका ७ का ६० वर्षीय मुस्तफी मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

को२त ६१२७ नम्बरको ट्र्याक्टरले को३प ३३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक मियाँको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको राईले बताए ।


प्रकाशित : चैत्र १२, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?