कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीरबाट लडेर वडा सदस्यको मृत्यु

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिका–२ रतन्छाका वडा सदस्य रत्नप्रसाद फुयाँलको शनिबार साँझ लडेर मृत्यु भएको छ । घरदेखि स्थानीय मबु गाउँमा जाने क्रममा वाकुर्तुङ भीरबाट लडेर उनको मृत्यु भएको हो ।

प्रहरी निरीक्षक सागर साहका अनुसार वडा सदस्य फुयाँलको घटनास्थलमै मृत्यु भएको हो । फुयाँल धामी भएकाले चिन्ता बस्न मबु जाने क्रममा लडेर मृत्यु भएको साहले सुनाए ।

प्रकाशित : माघ ११, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?