जबरजस्ती करणी अभियोगमा पक्राउ- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरजस्ती करणी अभियोगमा पक्राउ

डम्बरसिं राई

खोटाङ — जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका–३ सावाकटरेका ६० वर्षीय मानबहादुर मगर पक्राउ परेका हुन् ।

स्थानीय २१ वर्षीया महिलालाई तीन दिनअघि जबरजस्ती गरेको अभियोगमा शुक्रबार पक्राउ गरी शनिबार जिल्ला प्रहरी कार्यालय दिक्तेल ल्याइएको प्रहरी निरीक्षक गोविन्द साहले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय खोटाङबजारस्थित प्रहरीले पक्राउ गरेको थियो ।


प्रकाशित : पुस २५, २०७७ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्

कान्तिपुरकर्मी पौडेल सम्मानित

कान्तिपुर संवाददाता

तिलोत्तमा — कान्तिपुर दैनिककी रुपन्देही संवाददाता सन्जु पौडेल खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छन् । उनलाई शनिबार तिलोत्तमा क्रिकेट विकास समितिले सम्मान गरेको हो ।


आफ्नो पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकारिताको माध्यमबाट क्रिकेट खेलको विकासका लागि पत्रकारिता तथा सञ्चारको माध्यमबाट योगदान पुर्‍याएको भन्दै पौडेललाई नगद राशीसहित दोसल्ला ओडाएर नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले सम्मान गरेका हुन् ।


प्रकाशित : पुस २५, २०७७ १८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×