कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्तेढुंगामा सुन्तला महोत्सव

डम्बरसिं राई

खोटाङ — जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेमा सुन्तला महोत्सव आयोजना गरिएको छ । ‘कृषि र उत्पादन विकासको आधार’ सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ भन्ने नारासहित शनिबार र आइतबार महोत्सव भएको हो ।

घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तलाको बजारीकरण गरी कृषकहरुलाई प्रोत्साहन गर्न महोत्सव आयोजना गरिएको जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राईले बताए । महोत्सवमा सुन्तलाको जुस, सुन्तलाको वाइन प्रदर्शनीमा राखिएको थियो । उक्त महोत्सवमा किराती साकेला सिली, लोक दोहोरी, नृत्य, पुमा राईको धार्मिक तथा सांस्कृतिक प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

जन्तेढुंगा गाउँपालिकाको प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, सिर्जनशील आमा समूह र तीनतले कोलाताङ सामुदायिक वन घोर्लेको सह–प्रयोजनमा तथा प्रगतिशील कृषक समूह र सिलिचोङ सांस्कृतिक परिवार घोर्लेको आयोजनामा उक्त महोत्सव आयोजना गरिएको हो ।

घोर्ले जन्तेढुंगा गाउँपालिकाको सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र हो । घोर्लेबाट बार्षिक करोड बढीको सुन्तला निकासी हुने अध्यक्ष राईले सुनाए । कार्यक्रम निवर्तमान प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रकाशित : पुस १९, २०७७ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?