२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

सभामुखद्वारा संसद् बैठक कक्ष निरीक्षण [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अधिवेशन सुरु हुनु एक दिनअघि संघीय संसद्‌को बैठक कक्ष निरीक्षण गरेका छन् । उनले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

सोमबारदेखि हुने संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले हिँउदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताए । उनले आफूहरुले दिएका सुझावलाई सरकारले सकारात्मक ढंगले लिएको बताए ।

हिउँदे अधिवेशन सञ्चालनका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिकरुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ ।


प्रकाशित : माघ २१, २०८० १९:३६
प्रतिक्रिया
पठाउनुहोस्