कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नीति तथा कार्यक्रमको रिहर्सल [तस्बिरहरू]

कान्तिपुर संवाददाता

काठमाडौँ — संसद्को संयुक्त सदनमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

संसद् सचिवालयले नीति तथा कार्यक्रम प्रस्तुत गर्न आवश्यक तयारी सकेको छ । केही बेरअघि संसद् भवनमा राष्ट्रपतिको सवारीको रिहर्सल(पूर्वाभ्यास) समेत भएको छ । रिहर्सलमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसद्का महासचिव पद्मप्रसाद पाण्डेलगायतका संसद सचिवालयका कर्मचारीहरूसमेत उपस्थित थिए ।

राष्ट्रपति आउने भएपछि संसद् भवन परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस्तै संसद् भवनलाई आकर्षक ढंगले सजाइएको समेत छ ।


प्रकाशित : जेष्ठ १, २०८१ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्