कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

कपिलवस्तुको रामघाटमा मेला भर्नेको घुइँचो

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुकै ठूलो र ऐतिहासिक रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल पुर्णिमाका दिन कपिलवस्तु नगरपालिकास्थित वाणगंगा नदीको रामघाटमा लाग्ने नाहन मेला भर्न सोमबार बिहानैदेखि हजारौं भक्तजन आएका थिए । धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले पर–परबाट तिर्थालु आएका थिए ।

सोमबार लाग्ने मेलाका लागि आइतबार साँझैबाट रामघाटमा श्रद्धालु भक्तजन आउने क्रम सुरु भएको थियो । राति ३ बजेबाटै रामघाटमा स्नान गरी नजिकैको रामजानकी मन्दिरमा पूजाआजा गर्नेको लाइन थियो । मन्दिर वरिपरि र नदी किनारमा रातभर साधुसन्त जाग्राम बसेर ढोल, खैजडी, झाँज र हार्मोनियम बजाइ भजन, किर्तन र चुड्का भन्दै बसेका थिए ।

त्रेता युगमा भगवान राम वनवास जाने क्रममा रामघाट आइपुग्दा उनलाई पानी प्यास लागेपछि अर्जुनले वाण हानेर पानी निकालेको धार्मिक किंवदन्ती रहेको अवधि लोककला विशेषज्ञ पशुपतिमणि त्रिपाठीले बताए । भगवान रामले पानी पिएको हुँदा यस ठाउँको नाम रामघाट रहन गई धार्मिक तीर्थस्थल भएको बूढापाका बताउँछन् ।


प्रकाशित : मंसिर ११, २०८० ११:२९
प्रतिक्रिया
पठाउनुहोस्