कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

रुकुमको डिग्रे मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

महेश केसी

(रुकुम पश्चिम) — हरेक वर्ष हरेक कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष पुजा आराधनासहित चहलपहल हुने रुकुम पश्चिमको डिग्रे मन्दिरमा यतिबेला दर्शनार्थीको घुइँचो लागेको छ । 

मुसीकोट नगरपालिका वडा नम्बर ५, थर्पुमा अवस्थित यो मन्दिरमा हरेक दिन नित्य–पुजा हुन्छ । दर्शनार्थीका लागी मन्दिर वर्षका ३ सय ६५ दिन नै खुला रहन्छ भने यस तिथीमा विशेष पुजा गरिने मन्दिरका पुजारी ईन्द्रलाल उपाध्यायले बताएका छन् । उनका अनुसार यस मन्दिर दर्शन गरेमा मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।

विशेष पूजाको आज चौथो दिनपनी हजारौं दर्शनार्थीहरुले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले बताए । उनका अनुसार अहिलेसम्म करिब २५ हजारले मन्दिरको दर्शन गरेका छन् भने यो क्रम भोलि पूर्णिमाको दिनसम्म थप बढ्ने बताइएको छ । ‘आज चतुर्दशीका दिनसम्म आफ्नो भाकल पुरा भएको भन्दै दर्शनार्थीहरुले बोकाको बली समेत दिन्छन्,’ उनले भने, ‘भोली पूर्णिमाको दिन मन्दिर परिसरमा ठूलो लाग्छ । यस दिन थप २० हजार बढी दर्शनार्थीहरु आउने हाम्रो अनुमान छ ।’


कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म यहाँ विशेष पूजा–अर्चना हुनुका साथै परिसरमा ठूलो मेला पनि लाग्दछ । मन्दिर दर्शन र मेला भर्नका लागी देशका विभिन्न ठाउँबाट हजारौं सर्वसाधारण यहाँ पुग्ने गर्दछन् ।

मन्दिरको पूर्व तिर पर्ने सााख गाउँका जनजातीले बाजागाजासहित हातमा भाला र लठ्ठी लिएर मेला पसेपछि मात्रै यो मेला विशेष हुने गर्दछ । सााखबासीको लठ्ठी प्रर्दशनी मेलाको मुख्य आकर्षण हो भने, स्थानीय कला–संस्कृतीको प्रदर्शनी एवं व्यवसायीक दृष्टीले पनि मेलालाई निकै महत्वका साथ लिइन्छ । भगवती माताको वहान बाघका लागी भनेर यहाँ बोकाको बली समेत दिने गरिन्छ ।





प्रकाशित : मंसिर १०, २०८० ११:३१

प्रतिक्रिया
पठाउनुहोस्