कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बल्खुमा प्रसाईं समर्थकले प्रहरी घेरा तोड्न खोजेपछि...

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — दुर्गा प्रसाईंका समर्थकहरूले काठमाडौंको बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि झडप भएको छ । प्रसाईंले उत्तेजित भाषण गर्दै समर्थकहरुलाई भड्काएपछि उनीहरु प्रहरी घेरा तोडेर अघि बढ्न खोजेका थिए । त्यसक्रममा बल्खु चोकबाट कालिमाडी तर्फ भिड जान खोजेपछि प्रहरी भिडलाई तितरबितर पार्न अश्रु ग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । अहिले बल्खु क्षेत्र तनावग्रस्त छ । उत्तेजित भिडले प्रहरीमाथि ढुंगा प्रहार गरेका छन् । झडपका क्रममा केही घाइते पनि भएका छन् ।


प्रकाशित : मंसिर ७, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्