२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५५

'रिटर्नी' कामदारलाई कोरिया पठाउन ढिलाइ गरेको भन्दै ईपीएसमा धर्ना

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — कोरियाबाट फर्किएर आई पुन: रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा उत्तीर्ण भएका कामदारलाई समयमै कोरिया नपठाएको भन्दै ललितपुरको ग्वार्कोस्थित ईपीएस कार्यालयमा प्रदर्शन गरिएको छ ।

पुन: कोरिया जान खोज्दा परीक्षा दिने भनेर कुर्दाकुर्दै परीक्षा नै नभएको उनीहरुको गुनासो छ । वर्षमा तीन चार पटक हुने भनिएको सीबीटी २०२१ मा एउटा मात्र भयो त्यसमा पनि (४० मा ४०) ल्याएर पास गरेको उनीहरुले बताएका छन् । २०२२ मा युबीटी परीक्षा हुने घोषणा भएपछि मेहेनत गरेर अध्ययनपछि सम्पूर्ण परीक्षामा सफल हुँदै रोष्टरमा सम्मिलित भए पनि कोरिया रिटर्नीहरुको ईस्यु प्रक्रियामा भेदभाव भएको शंका उत्पन्न भएको उनीहरुले बताएका छन् । कोरियाको काम सम्बन्धी अनुभव लिइसकेका र नियम पालना गर्दै स्वदेश फर्केका उनीहरुले ईस्यु प्रक्रिया पनि सहज रुपमा होस् भनेर अनुरोध गरेका छन् ।

नयाँको तुलानामा आफूहरुको इस्यु अत्यन्तै न्युन भएको बुझेकोले समान रुपमा इस्यु गरिदिन उनीहरुको अनुरोध छ । कोरिया रिटर्नीले पनि उत्तिकै मेहेनत र समान चरण पार गर्दै रोष्टरमा पुगेकोले अहिलेको इस्यु मितिमा आफूहरुलाई पनि नयाँ सरह समान व्यवहार गरी इस्यु गरी दिन अनुरोध गरेका छन् । कोरिया रिटर्नीहरुको इमान्दारिता र मेहेनतको सम्मान गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउँदै कोरिया रिटर्नीहरुलाई सहयोग गरिदिन भनेका छन् ।


प्रकाशित : असार १०, २०८० १३:३९
प्रतिक्रिया
पठाउनुहोस्