२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

उफ ! गर्मी

शिव पुरी

रौतहट — विश्रामपुरबाट शुक्रबार टायरगाडा लिएर चन्द्रनिगाहपुर बजार आउँदै गरेका हरेन्द्र साह चर्को घामले पोलेपछि चन्द्रपुर–९स्थित सिन्दुरेघारी चोकमा रहेको वरपिपलको चौतारीमा एकछिन सुस्ताए ।

चन्द्रनिगाहपुरमा सामान किन्न आाएका साह गर्मी छल्न केही समय आराम गरेपछि जुरुक्क उठे । उनले यस्तो गर्मी कहिल्यै नभएको बताए । ‘यस्तो गर्मी त कहिल्यै भएनजस्तो लाग्छ,’ उनले भने । ६७ वर्षीय साहले गम्छा पानीमा भिजाएर टायरगाडा बजारतर्फ लगे । साहमात्र होइन, गर्मीका कारण चौतारीमा छहारी लिने अरु पनि थिए ।

तापक्रम बढ्ने क्रम जारी रहेकाले रौतहटका विद्यालयहरू बन्द छन् । जनजीवन प्रभावित भएको छ । धानको बीउ राख्ने बेलामा खेतका गह्रा सुकेर चिराचिरा पर्न थालेको छ । बजार र चोकहरूमा मानिसको आवागमन पातलो छ ।

प्रकाशित : जेष्ठ २६, २०८० १६:४४
प्रतिक्रिया
पठाउनुहोस्