१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मध्य प्रदेशमा प्रधानमन्त्री दाहाललाई यसरी गरियो स्वागत

कान्तिपुर संवाददाता

काठमाडौँ — भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्य प्रदेश पुगेका छन् । शुक्रबार मध्य प्रदेशको इन्दौर विमानस्थलमा प्रधानमन्त्री दाहाललाई मुख्यमन्त्री शिवराजसिंह चौहानले स्वागत गरेका थिए ।

स्मार्ट सिटीका रूपमा रहेको इन्दौरको फोहोर व्यवस्थापन प्लान्टको अवलोकन गर्नेछन् । त्यसअघि उनी उज्नैनस्थित महाकालेश्वर मन्दिर दर्शनका लागि गएका छन् । प्रधानमन्त्री दाहालको सम्मानमा दुई देशका झण्डा लिएर सडकमा सर्वसाधारण सडकमा उपस्थित थिए । प्रधानमन्त्री दाहालको स्वागतमा सडकमा विभिन्न झाँकीसहित नृत्य प्रस्तुत गरिएको थियो ।

इन्दौरमा प्रधानमन्त्री दाहाल होटल मेरियटमा बस्नेछन् । त्यहाँ उनीसँग मध्य प्रदेशका राज्यपाल मंगुभाइ पटेलले भेट गर्नेछन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।


प्रकाशित : जेष्ठ १९, २०८० १२:३९
प्रतिक्रिया
पठाउनुहोस्