नदी बचाउन वीरगन्जदेखि काठमाडौंसम्म


काठमाडौँ — सिर्सिया नदीको संरक्षणका लागि संघीय सरकारलाई दबाब दिन काँधमा नदीको दूषित पानी बोकेर पैदल यात्रामा निस्किएका अभियन्ताहरू काठमाडौं आइपुगेका छन् । हेटौंडा, नारायणगढ, मुग्लिङ हुँदै शनिबार साँझ थानकोट आइपुगेका उनीहरू यस रात मातातीर्थमा बास बस्नेछन् ।



वीरगन्ज क्षेत्रका उद्योग तथा कलकारखानाका फोहोरमैला, रसायनयुक्त झोल र ढल सोझै सिर्सिया नदीमा मिसाइँदा नदी तथा पर्यावरण संकटमा परेको भन्दै राजधानी काठमाडौंका लागि गत जेठ ४ देखि उनीहरूले पैदलयात्रा सुरु गरेका थिए । आइतबार बिहान माइतीघर मण्डलामा पुगेर उनीहरूले धर्ना तथा प्रदर्शन गर्ने जनाएका छन् ।













