कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिनाले गाउँ नै सेताम्मे [तस्बिरहरु]

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-२ दोरम्बाको भडारे र दहपातल क्षेत्रमा शनिबार असिना परेको छ । असिनाले किसानले लगाएर भर्खर उम्रिएका आलु खेतीलाई असर पुगेको छ । आलुका कलिला बिरुवा छोप्ने बाक्लो असिना परेको हो ।

शनिबार अपराह्न परेको बाक्लो असिनाले दहपातल क्षेत्रका जमिन सेताम्मे बनेको छ । शैलुङ, धारा, डडुवा, डाँडाकटेरी, ढोईगाउँ, राजभिर, खोलाखर्क लगायतको क्षेत्रमा असिना परेको थियो ।

रामेछापको पूर्वी क्षेत्र सैपु दुरागाउँ, भुजि, गुप्तेश्वर क्षेत्रमा पनि शनिबार अपराह्न भारीमात्रामा असिना परेको छ । पानी नपर्दा हिउँदेबाली प्रभावित हुँदै आएको थियो । शनिबार सामान्य वर्षासमेत भएकोले जिल्लाका अधिकांश क्षेत्रका किसानलाई राहत मिलेको छ ।


प्रकाशित : चैत्र ४, २०७९ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्