कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्कुले छात्राहरूसँग बास्केटबल खेल्दै समान्था

तस्बिर : केशव थापा

काठमाडौँ — यूएसआईडीकी प्रमुख समान्था पावर यतिबेला नेपालमा छिन् । दुईदिने भ्रमणमा आएकी पावर मंगलबार बिहान भक्तपुरमा रहेको आदर्श सेकेन्डरी स्कुलमा पुगेर त्यहाँका छात्राहरूसँग बास्केटबल खेलिन् ।

२०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको आदर्श सेकेन्डरी स्कुल यूएसआईडीको सहयोगमामा पुनर्निर्माण भएको थियो । नेपाल भ्रमणको पहिलो दिन समान्था मंगलबार बिहान १० बजेपछि सोही स्कुलमा पुगेर छात्राहरूसँग बास्केटबल खेलेकी हुन् । यस क्रममा उनले स्कुलका शिक्षक तथा विद्यार्थीहरूसँग केही बेर अन्तरक्रिया गरिन् । समान्थाले नेपाल भ्रमणको क्रममा युवा उद्यमी र नागरिक अधिकारकर्मीहरूसँग पनि भेट तथा अन्तरक्रिया गर्ने छिन् ।


प्रकाशित : माघ २४, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्

७६ अंक बढ्यो नेप्से, ६ कम्पनीको मूल्य १०% बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से ७६.६४ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २१७७ अंकमा कायम भएको छ । कुल ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भयो । २१५ कम्पनीको मूल्य बढ्यो भने एउटाको स्थिर रहृयो । यस दिन कुनै पनि कम्पनीको मूल्य घट्न पाएन ।

सबै उपसमूहहरु बढेका छन् । बैंकिङ ३१, विकास बैंक १८६, फाइनान्स १०४, होटल ९७, जलविद्युत् १३८, लगानी ४, जीवन बीमा ४६७, उत्पादन १७५, माइक्रोफाइनान्स १४६, निर्जीवन बीमा ३९५, अन्य ४४ र ब्यापार उपसमूह ९१ अंक बढे ।

आधा दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी विद्युत्, आदर्श लघुवित्त, रिडी पावर र ग्रीन भेन्चरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, ङादी ग्रुप, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।


प्रकाशित : माघ २४, २०७९ १५:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×