साउन १० गते गठेमंगल घण्टाकर्ण चतुर्दशीबाट सुरु भएको ठेचोको नवदुर्गा भवानी देवी गुठीको १२ वर्षे जात्रा आइतबार धुखः नामक नाच नचाएपछि सम्पन्न भएको छ । नाच सम्पन्न भएसँगै ठेचो बस्तीमा निषेध गरिएको नवदुर्गा गुठीको बाजाबाहेक बाजा बजाउन, घण्टा, सिठ्ठी, ताली बजाउन, खुट्टा झुन्ड्याएर बस्न, बिहे, भोजभतेर गर्न, राति हिँडडुल र ‘रात बसाल्ने गरी पाहुना सत्कार गर्न’ नमिल्ने परम्परा फुकुवा भएको छ ।
सरकारमा जिम्मेवारी लिनेबित्तिकै नेताहरु सम्बद्ध मन्त्रालयमा आफ्नो आदेशबाट काम भएको देखाउन पछि पर्दैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेतृत्वको जिम्मेवारी पाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि त्यसै गरे ।
पोखरामा विमान दुर्घटनामा परी निधन हुनेहरूको चीर शान्तिको कामना गर्दै देशका विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ । सोमबार काठमाडौंको माइतीघरमा युवाहरूको समूहले विमान दुर्घटनामा परी निधन हुनेहरुको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका हुन् । त्यस्तै लुम्बिनी र गोरखामा पनि मृतकहरूको चीर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ ।
खुल्लामञ्चमा ३ तहको भूमिगत पार्किङ निर्माणका लागि काठमाडौं महानगरले डीपीआर गराउने तयारी गरेपछि अकुपाई टुँडिखेलले सोमबार महानगर पालिकाको कार्यालय घेराउ गरेको छ ।
१० औं अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस धुमधामले मनाइएको छ । राष्ट्रिय पोसाकमा सजिएर आएका पुरुष तथा महिला आइतबार काठमाडौंको हनुमानढोका क्षेत्रमा नाचगानसहित भेला भएर उक्त दिवस मनाएका हुन् । उनीहरु 'मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचान' भन्ने नारासहितको ब्यानर बोकेर आएका थिए ।
गाडी व्यवसायीहरुले आफ्ना सोरुमहरूमा कालो ब्यानर टाँगेर विरोध जनाएका छन् । बैंकहरुको उच्च ब्याजदर, राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सवारीसाधन आयात गर्दा पहिले नै नगद (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्था लगायतका विषयमा विरोध जनाउँदै व्यवसायीले आफ्ना सोरुमहरुमा कालो ब्यानर झुन्ड्याएका हुन् ।
नेपालगन्जमा शनिबार भएको आठौं संस्करणको म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले उपाधि हात पारेका छन् । खडकले ४२.१९५ किमिको दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए ।
निर्वाचन आयोगले मंसिर ४ गते आइतबारका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी गरिरहेको जनाएको छ । जस अन्तर्गत शनिबार दिनभर देशका विभिन्न निर्वाचन क्षेत्रमा तोकिएका मतदान केन्द्र निर्माणको काम भइरहेको छ । काठमाडौं निर्वाचन क्षेत्र नं ८ अन्तर्गत छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई पनि मतदान केन्द्रको रुपमा तोकिएको छ ।
यमपञ्चकको तेस्रो दिन मंगलबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।