टोपी दिवसको रमझम

तस्बिर : केशव थापा

काठमाडौँ — १० औं अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस धुमधामले मनाइएको छ । राष्ट्रिय पोसाकमा सजिएर आएका पुरुष तथा महिला आइतबार काठमाडौंको हनुमानढोका क्षेत्रमा नाचगानसहित भेला भएर उक्त दिवस मनाएका हुन् । उनीहरु 'मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचान' भन्ने नारासहितको ब्यानर बोकेर आएका थिए ।

वसन्तपुरबाट निकालिएको र्‍याली प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । युवाहरुको समूहले मौलिक पोसाक संरक्षणको सन्देश दिन अंग्रेजी नयाँ वर्षलाई अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवसका रुपमा मनाउँदै आएको छ ।


प्रकाशित : पुस १७, २०७९ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

टिलिक्क सोरुममा कालो ब्यानर

तस्बिर : केशव थापा

काठमाडौँ — गाडी व्यवसायीहरुले आफ्ना सोरुमहरूमा कालो ब्यानर टाँगेर विरोध जनाएका छन् । बैंकहरुको उच्च ब्याजदर, राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, सवारीसाधन आयात गर्दा पहिले नै नगद (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्था लगायतका विषयमा विरोध जनाउँदै व्यवसायीले आफ्ना सोरुमहरुमा कालो ब्यानर झुन्ड्याएका हुन् ।

सरकारले सवारीसाधनको आयातमा लगाएको बन्देज भने पुसदेखि लागू हुनेगरी खुल्ला भएको छ । यसअघि व्यवसायीले सवारीसाधनको आयात खुल्ला गर्नुपर्ने भन्दै सडकमै विरोध प्रदर्शन गरेका थिए । हाल बैंकको ब्याज उच्च हुँदा सवारीसाधन किन्नेहरु घटेको र व्यवसायमा असर परेको व्यवसायीको गुनासो छ । त्यस्तै चालु पुँजी कर्जासम्बन्धी राष्ट्र बैंकको व्यवस्थाले बैंकबाट ऋण लिने व्यवसायीलाई असहज हुने र लगानीयोग्य रकमको अभावले व्यवसायमा असर परेको व्यवसायीको भनाइ छ ।

राजस्वमा २१ प्रतशित योगदान दिने अटोबाइल्स क्षेत्रलाई सरकारले उपेक्षा गरेको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । बैंकहरुले गाडी खरद गर्दा दिने ऋणको सीमा कम भएको भन्दै व्यवसायीले विरोध जनाएका छन् । हाल निजी सवारीसाधन खरिदका लागि बैंकहरूले कुल मूल्यको ५० प्रतिशत मात्रै कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । गाडी किन्न चाहनेले बाँकी ५० प्रतिशत रकम नगद जुटाउनुपर्छ ।


प्रकाशित : पुस १, २०७९ १७:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×