टोपी दिवसको रमझम

काठमाडौँ — १० औं अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवस धुमधामले मनाइएको छ । राष्ट्रिय पोसाकमा सजिएर आएका पुरुष तथा महिला आइतबार काठमाडौंको हनुमानढोका क्षेत्रमा नाचगानसहित भेला भएर उक्त दिवस मनाएका हुन् । उनीहरु 'मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचान' भन्ने नारासहितको ब्यानर बोकेर आएका थिए ।


वसन्तपुरबाट निकालिएको र्याली प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । युवाहरुको समूहले मौलिक पोसाक संरक्षणको सन्देश दिन अंग्रेजी नयाँ वर्षलाई अन्तर्राष्ट्रिय पोसाक तथा टोपी दिवसका रुपमा मनाउँदै आएको छ ।






