२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

उत्तरदायित्वबाट टाढिएको नेतृत्व

पाठक पत्र

यतिबेला आगामी आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमहरू के कस्ता होलान् भन्ने चासो बढेको छ । सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणको विषयबाट बाहिर निस्केका छैनन् । एउटा विषयमा अल्झिएर संसद् अवरुद्ध गर्नुलाई कांग्रेसका नेताहरूले पुरुषार्थ ठानेका छन् ।

मुलुकको समग्र विकास, जनहितबारे उनीहरूले चासो दिएका छैनन् । कांग्रेस मुलुकको समग्र बेथिति, विसंगतिको निराकरण गर्ने हिम्मत राखेर खडा हुनुपर्ने थियो, त्यसभित्र विचार र शक्तिमा अरू दललाई ह्याकुलाले मिच्नुपर्ने क्षमता हुनुपर्ने थियो, तर गतिविधि त्यसको विपरीत छ ।

यतिबेला साना–ठूला गरी तीन दर्जनभन्दा बढी बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको ठूलो रकम हिनामिना भएको समाचार आइरहेका छन् । सहकारीको बेथितिबाट २५ प्रतिशत जनता प्रभावित भई अर्थतन्त्रको तेस्रो खम्बा गर्लम्मै ढल्ने अवस्थामा छ । जनतामारा लुटेराहरूले ठगेको सम्पत्ति विदेशमा लगेर लुकाउने अवस्था सिर्जना हुँदा पनि सरकार र प्रतिपक्षी दल गम्भीर देखिँदैनन् ।

ठगीको लामो शृंखला टुलुटुलु हेर्दै आएको, समस्या समाधान गर्न कुनै चासो नदेखाएको कांग्रेस गृहमन्त्री रवि लामिछानेविरुद्ध किन यति उग्र भएको भन्ने सबाल पनि खडा भएको छ । वस्तुतः सानाठूला दल एवं केन्द्रदेखि गाउँसम्मका सरकार सहकारीको ठगी, लुटपाट हेरेर थाकेका छैनन्, उल्टै तमासे बनिरहेका छन् ।

दुःखजिलो गरेर कमाएको आफ्नै रकम अपराधीहरूले लुटेर मोज गरिरहँदा, पीडितमाझ रुवाबासी मच्चिँदा समेत नेतृत्वमा दयामाया, करुणा र उत्तरदायित्वको भाव देखिँदैन । २०४८ सालको सहकारी ऐनमा व्यक्तिका साथै कम्पनी, एनजीओ लगायतलाई सहकारीमा समावेश गर्न सकिने प्रावधान हटाउनुका साथै लुटेराहरूलाई तुरुन्त धरपकड गरेर कारबाही नगरेसम्म देशभर कोलाहाल मच्चिरहनेछ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : जेष्ठ १४, २०८१ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x