कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

राष्ट्रिय फेन्सिङमा उपेन्द्र र अनिता विजयी

काठमाडौँ — आर्मीका उपेन्द्र शाहीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत साब्रेमा स्वर्ण पदक जितेका छन् । एपीएफका राजेन्द्र गजुरेल दोस्रो र आर्मीका रघुवीर चन्द तेस्रो भए ।

राष्ट्रिय फेन्सिङमा उपेन्द्र र अनिता विजयी

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत इपीमा एपीएफकी अनिता कार्की पहिलो, आर्मीकी पुजन कुमाल दोस्रो र गण्डकी प्रदेशकी कृपा गुरुङ तेस्रो भए ।

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम साब्रेमा आर्मी, एपीएफ र वाग्मती प्रदेश क्रमशः शीर्ष तीन स्थानमा रहेका थिए । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरे ।

तीनदिने प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय गरी १० टिमका १ सय १२ खेलाडीको सहभागिता रहेको आयोजक फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाए । पुरुष÷महिलामा ६–६ गरी १२ स्पर्धामा खेल भइरहेको छ ।

प्रकाशित : असार ३, २०८१ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×