कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बस भाडामा मनोमानी

पाठक पत्र

सर्वसाधारण यात्रीहरू दलालबाट जोगिन भनी टिकट काउन्टरमा पुगेर बुकिङ गर्छन् तर तिनै टिकट काउन्टरहरू पनि विश्वसनीय र भरपर्दा नहुँदा रहेछन् । यो कुरा २०८१ जेठ ३० मा रात्रिबसको यात्राका क्रममा आफैंले भोग्न पाइयो ।

एसी भनेर लेखिएको बसले एकैछिन एसी चलाए जस्तो गर्दा रहेछन् र महँगो भाडा लिँदा रहेछन् भन्ने त सबैजसो रुटमा यात्रीहरूले भोगिरहेकै छन् ।
त्यसमा पनि बागलुङदेखि काठमाडौंसम्मको रुटमा चल्ने एउटै बसले बी ११ र बी १२ नम्बरका सँगसँगै बस्ने सिटमा बागलुङ टिकट काउन्टरबाट बागलुङदेखि मुग्लिनको भाडा ७५० रुपैयाँ लिइएको थियो भने पर्वत–कुस्मा काउन्टरबाट कुस्मादेखि मुग्लिनसम्मको भाडा ९०० रुपैयाँ लिइयो ।

कुस्मा काउन्टरबाट सोही बसमा बी ९ र १० को टिकटमा कुस्मादेखि मुग्लिनसम्मको भाडा ७५० लिएर टिकट काटिएको छ । कुस्माको एउटै टिकट काउन्टरमा यात्रीपिच्छे मनपरी भाडा लिइरहँदा पनि सम्बद्ध निकायको गम्भीर ध्यान भने जान सकेको छैन ।

यस्तो मनपरीतन्त्र मच्चाउने टिकट काउन्टरलाई यथोचित कारबाही गर्न सम्बद्ध निकायको यथासमयमै ध्यान जानु आवश्यक छ । यस्ता टिकट काउन्टरप्रति हरेक यात्रीहरू सचेत हुनु आवश्यक देखिन्छ ।
– मतिप्रसाद ढकाल, गैंडाकोट–१, नवलपरासी

प्रकाशित : असार ३, २०८१ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×