कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मुख्यमन्त्री गोल्डकप फुटबल तेह्रथुममा सुरु

तेह्रथुम — म्याङ्लुङमा प्रदेशस्तरीय मुख्यमन्त्री गोल्डकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजनामा सुरु भएको प्रतियोगिताको सोमबार कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले उद्घाटन गरे ।

मुख्यमन्त्री गोल्डकप फुटबल तेह्रथुममा सुरु

त्यसअवसरमा उनले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताए। मन्त्री राईले राष्ट्र र राष्ट्रियताको झण्डा बोकेर नेपालको नाम अन्तर्राष्ट्रियजगत्मा चिनाउने सफल खेल क्षेत्रको विकासका लागि सबै तहका सरकारले मिलेर काम गर्नुपर्ने बताए ।

उनले आफ्नो मन्त्रालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीको सम्मान गर्ने बताए । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत पर्शुरामले खेलकुद क्षेत्रको विकासका लागि बोर्डले यसवर्ष १५ वटा विभिन्न खेल प्रतियोगिता गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

“बोर्डले चालु आवमा विभिन्न १५ वटा प्रतियोगिता आयोजना गरेको छ । यसले ग्रामीण क्षेत्रदेखि प्रदेश र राष्ट्रियस्तरमा खेल प्रवर्द्धनका लागि सकारात्मक योगदान गरेको अनुभूति गरेका छौँ”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी मिना अर्यालले जिल्लामा पहिलोपल्ट प्रदेशस्तरीय खेल प्रतियोगिता आयोजना गरिएका खुसी व्यक्त गर्दै यसले गुराँस र ढाकाको राजधानी भनेर चिनिने तेह्रथुमको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

जिल्ला खेलकुद विकास समितिको संयोजन र कोशी प्रदेश फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका १४ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद तीन लाख ३३ हजार, द्वितीय दुई लाख २२ हजार र तृतीय हुनेलाई एक लाख ११ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति तेह्रथुमका सचिव तथा कार्यालय प्रमुख श्यामहरि भट्टराईले बताए ।

सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सोरुङ क्लब खाँदबारी सङ्खुवासभा, लाइब्रेरी फुटबल क्लब भोजपुर, पाँचथर युनाइटेड क्लब पाँचथर, बुइँपा–११ खोटाङ, गाईघाट फुटबल क्लब उदयपुर, ओखलढुङ्गा खेलकुद विकास समिति र धरान फुटबल क्लब सुनसरी छन् ।

त्यस्तै, रेडर्स फुटबल क्लब इलाम, सोलुखुम्बु खेलकुद विकास समिति, देउराली युवाक्लब धनकुटा, मोरङ जिल्ला लिग च्याम्पियन क्लब, प्रगतिशील युवाक्लब ताप्लेजुङ, चारआली युवाक्लब र झापा खेलकुद विकास समिति तेह्रथुम पनि सहभागी छन् । गोल्डकपकोे पहिलो खेलमा सोमबार उदयपुरसँग इलाम पराजित भयो।

प्रकाशित : असार ३, २०८१ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×