कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

शिवराज र निशाले जिते १०० मिटर दौडको स्वर्ण

काठमाडौँ — एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १ सय मिटर दौडमास्वर्ण जितेका छन् । 

शिवराज र निशाले जिते १०० मिटर दौडको स्वर्ण

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शिवले निर्धारित दूरी ११.० सेकेन्डमा पूरा गरे । आर्मीका उपेन्द्र सुनार दोस्रो र नेपाल पुलिस क्लबका अरुण महतो तेस्रो भए । महिलातर्फ निशाले निर्धारित दूरी तय गर्न १२.५ सेकेन्ड खर्चिन् । आर्मीका जयरानी थारु दोस्रो तर सरस्वती चौधरी तेस्रो भए ।

एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत हाइजम्पको पुरुषमा आर्मीका सूर्यबहादुर खत्री (१.७० मिटर) र महिलामा विन्दू थनेत (१.३८ मिटर) विजेता भए ।

१० हजार मिटर दौडको पुरुषमा आर्मीका सञ्जय श्रेष्ठ (३२ मिनेट ०९.१ सेकेन्ड) र महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (४० मिनेट ४३.१ सेकेन्ड) तथा १५ सय मिटर दौडमा पुलिसका नागेश्वर ऐर (४ मिनेट १०.१ सेकेन्ड) र महिलामा पुलिसकी सुमित्रा चौधरी (५ मिनेट ०१.९० सेकेन्ड) पहिलो भए ।

ट्रिपलजम्पको पुरुषमा आर्मीका डिल्ली खत्री (१३.८५ मिटर) र महिलामा पुलिसकी सीमाकुमारी चौधरी (११.०० मिटर), ४ सय मिटर दौडमा आर्मीका प्रकाश दनुवार (४९.६१ सेकेन्ड) र महिलामा आर्मीकी सरस्वती थारु (६०.८१) सेकेन्डले पहिलो स्थान हासिल गरे ।

१ सय १० मिटर हर्डल्सको पुरुषमा आर्मीका जीवन थारु (१५.६३ सेकेन्ड) र महिला १ सय मिटर हर्डल्समा आर्मीकी जयरानी थारु (१५.१६ सेकेन्ड) ले स्वर्ण जिते । डिस्कस थ्रोको आर्मीका विनोद राई (३८.६७ मिटर) र महिलामा आर्मीकै अमृता महतो (३४.४६ सेकेन्ड) पहिलो भए ।

भेट्रान ५ हजार मिटर दौडमा रेवनबहादुर दाहाल र महिला ३ हजार मिटर दौडमा काठमाडौंकी शर्मिला बस्नेत पहिलो भए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरे ।

५२ स्पर्धा समावेश प्रतियोगितामा ५ सय ७५ खेलाडीको सहभागिता रहेको आयोजक एथलेटिक्स परिवारका अध्यक्ष राजन खत्रीले जनाएका छन् । मंगलबार सम्पन्न हुने प्रतियोगितामा भेट्रानबाहेक सबै स्पर्धामा नगद पुरस्कार रहेको जनाइएको छ ।

प्रकाशित : असार ३, २०८१ २२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?

×