२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वायुसेवा निगम डुबाउने खेल

पाठक पत्र

नेपाल वायु सेवा निगमको उडान अस्तव्यस्तसम्बन्धी समाचारमा facebook.com/eKantipu बाट लिइएका केही टिप्पणीः

वायुसेवा निगम डुबाउने खेल

किन अस्तव्यस्त हुँदै छ नेपाल ? जहाँतहीं भद्रगोल ! के जनता भेंडा बाख्रा हुन्, जे गरे पनि हुने ? हरेक गल्तीले देशको अधोगति भइरहेको कसरी हेरिरहेको छ यो सरकार ? कि सरकारको उपस्थिति छैन ?
– सुवासचन्द्र जोशी

जहाज खरिद गर्नुपर्‍यो भन्दा देशलाई ऋण बोकाउन लागे, किन चाहियो जहाज भनेर फेसबुकभरि कोहोलो मच्चाउने पनि यिनै, एउटा जहाज बिग्रिएर कुहिरोमा पर्दा आलोचना गर्ने पनि यिनै ।
– प्रदीप रेग्मी

यो चरम लापरबाही, बेथिति र अव्यवस्था कहिलेसम्म ए नेपाल एयरलाइन्स ?
– माधव दुलाल

सुदन किराती खै ? लापरबाही गर्नेलाई के हुन्छ अब ?
– राजन भट्टराई

नेपाली ठूला जहाजको अन्तर्राष्ट्रिय उडान यसरी बारम्बार प्रभावित हुँदा स्वदेशी तथा विदेशी यात्रुले विकल्प खोज्नु पक्कै रहर होइन ।
– अगेन बोम्जन

सरकारी एअरलाइन्स ध्वस्त बनाएर निजी पोस्ने उपाय ।
– थोकर जे तामाङ

२/४ पैसा कमिसनमा बिक्ने कर्मचारीहरू भएसम्म निगमको केही हुनेवाला छैन ।
– काजी लामा

कहिले समयमा नआउने, कहिले आधी बाटोबाट फर्किने, त्यो त ठीकै थियो । अहिले अलपत्र नै, डुबाए डुबाए अब ।
– विनोद कोइच

अब भनाइ आउँछ, ‘हाम्रो सुशासनदेखि नसहनेको
षड्यन्त्र हो यो ।’
– नृप विष्ट

हिमालयन एयरलाइन्सको जहाज कहिल्यै ग्राउन्डेड भएको सुन्नुपर्‍या छैन, सधैं सबै जहाज उडिरहेका हुन्छन्, यो निगमको जहाजमा मात्र किन बारम्बार समस्या आइरहन्छ ?
– सूर्यभक्त श्रेष्ठ

यो सबै खराब व्यवस्थापनको कारणले भएको हो । चाहिने उपकरणहरू एक्स्ट्रा राखिएको हुँदैन ? के गर्नु जगेडामा राख्नुपर्ने उपकरणहरू किन्ने पैसा गोजीमा हाल्या होला । कुशल व्यवस्थापनमा यस्तै हुँदोरहेछ ।
– लक्ष्मणप्रसाद कट्टेल

कम्पनीलाई डुबाउने खेल ।
– चित्रबहादुर गुरुङ

प्रकाशित : माघ ४, २०८० ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?