गृहमन्त्रीले आफ्नो अपराध ढाकछोप गर्न सिरोहियालाई पक्राउ गरे : कांग्रेस महामन्त्री थापा

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

Home Minister arrested Sirohia to cover up his crime: Congress General Minister Thapa

काठमाडौँ — कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्रीले आफ्नो अपराध ढाकछोप गर्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियालाई पक्राउ गराएको प्रतिक्रिया दिएका छन् । 

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री थापाले अध्यक्ष सिरोहियाले कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि बदनियतापूर्ण ढंगले प्रतिशोध पूरा गर्न गरिएको बाहानामात्रै रहेको टिप्पणी गरेका छन् । 

‘प्रस्ट छु, कानुनभन्दा माथि कोही छैन र हुँदैन । गल्ती गरेको छ भने जुनसुकै तहको जोसुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागीदार हुनुर्पछ । म यसमा पनि प्रस्ट छु’ थापाले भने, ‘आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरिएको भनिए पनि यो बदनियत ढंगले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्रै हो । मुख्य कुरा यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरुलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो ।’

आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरंकुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै भएका हुन् भन्दै थापाले भने– 'हेक्का रहोस् ।'  

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully