प्रतिशोध साँध्न सरकार नै लागेको छ : नेता लेखक

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

The government is trying to seek revenge: leader and writer

काठमाडौँ — कांग्रेस संसदीय दलका नेता रमेश लेखकले सरकार बिनाशकाले विपरीत बुद्धिको बाटोमा लागेको बताएका छन् । उनले एक्लो गृहमन्त्री नभएर सरकार नै गैरजिम्मेवार, निरंकुश, आग्रह–पूर्वाग्रह र निरंकुश र प्रतिशोधबाट चलेको बताए ।

‘संसद्‌भित्र र बाहिर देखिने गरी सरकारले गरेका कामहरु अलोकतान्त्रिक छन् । लोकतन्त्रको पक्षमा लामो संघर्ष गरेको सञ्चारगृह र त्यसका प्रमुख माथिको आक्रमण भनेको सरकारको अलोकतान्त्रिक र निर्लज्जता हो,’ लेखकले भने, ‘अब गृहमन्त्रीमाथि मात्रै प्रश्न आएन । पक्राउ हुनसाथ प्रधामन्त्रीले गृहमन्त्रीलाई बोलाएको के गर्नु भएको भनेर सोधेको भए गृहमन्त्रीको मात्रै विषय हो कि भन्ने हुन्थ्यो । तर प्रधानमन्त्रीले यसमा मौनता राख्नु नै सरकारको काम हो भन्ने पुष्टि हुन्छ,’ लेखकले भने । 

कान्तिपुर

Link copied successfully