मिडियालाई तर्साउने गठबन्धन सरकारको कदम खेदजनक : देउवा

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

The coalition government's move to spoil the media is regrettable: Deuba

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट प्रक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम रहेको बताएका छन् । ‘मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् । 

सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।

प्रेसविरुद्ध राज्य प्रतिशोध

कान्तिपुर

Link copied successfully