सिरोहियासँग प्रतिशोध साँध्नु संयोगमात्र कसरी हुनसक्छ? लेखक युग पाठक  

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

How can revenge with Sirohia be a coincidence? Author Yuga Pathak

काठमाडौँ — लेखक युग पाठकले रवि लामिछानेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग प्रतिशोध साँध्नु संयोगमात्र हुन नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा पाठकले लेखेका छन्,‘गृहमन्त्री रविलाई किन लाग्छ–मिडियाले उनलाई खेदिरहेछ ? सिँगो प्रतिपक्ष र जनताले सहकारी ठगीमा आवाज उठाएका छन् । सधैं मिडियातिर औंलो उज्याइरहनु र कैलाश सिरोहियासँग प्रतिशोध साँध्नु संयोग मात्र कसरी हुनसक्छ ? पतनको बाटो असाध्यै चिप्लो हुन्छ है रास्वपा साथी हो ।’

सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो ।

कान्तिपुर

Link copied successfully