२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

काठमाडौं किकर्स यू–१४ मा च्याम्पियन

काठमाडौँ — काठमाडौं किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिकमा सोमबार आयोजित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फको उपाधि जितेको छ । सोमबार आफ्नो अपराजित यात्रा कायम गर्दै किकर्सको यू–१४ टोली च्याम्पियन बनेको हो ।

काठमाडौं किकर्स यू–१४ मा च्याम्पियन

राउन्ड रोविन लिग र फाइनल चरणका गरि १३ खेल खेलेको किकर्सले ९ खेलमा जित र ४ खेलमा बराबरी नतिजा निकाल्दै ३१ अंक जोडेको थियो । किकर्सकोसमूहमा जर्मनीको विभिन्न एकेडेमीका अरू ९ टोली सहभागी थिए ।

टोलीले अन्तिम दिनको खेलमा चारमध्ये तीनमा जित र एकमा बराबरीको नतिजा निकाल्दै उपाधि सुनिश्चित गरेको हो । टोलीले आफ्नो अन्तिम खेलमा एसभी सिलेन्बाकलाई २–० गोलले हरायो । यो जितमा आर्यवीर सिंह एक्लैले दुई गोल गरे । उनी समूहमा सर्वाधिक गोलकर्ता बने । उनले कुल ८ गोल गरे ।

नेपाली टोलीलाई जर्मन राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी थोमस हिल्सपर्गरले पुरस्कार वितरण गरे । विश्वकपसमेत खेलिसकेका हिल्सपर्गरले नेपाली किशोर खेलाडीसँग केही समय बिताएका थिए ।

मोम्मेन्डोर्फ फुटबल क्लबले हरेक वर्ष गरिरहेको प्रतियोगिताको यो ५५ औं संस्करण हो । प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका खेलाडीले भाग लिएको किकर्सले जनाएको छ ।

प्रकाशित : जेष्ठ ८, २०८१ २२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?