कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

पहिलो काठमाडौं स्नुकर च्याम्पियनसिप हुने

काठमाडौँ — बिलियार्ड, स्नुकर र पुल संघ नेपालले काठमाडौं महानगरपालिकाको सहकार्यमा पहिलो पटक काठमाडौं स्नुकर च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।

पहिलो काठमाडौं स्नुकर च्याम्पियनसिप हुने

जेठ १९ देखि २९ सम्म चल्ने प्रतियोगितामा १६ क्लबका २ सय ५६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । विजेताले २ लाख ५१ हजार र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइन पुग्नेले ५० हजार, क्वाटरफाइन पुग्नेले १० हजार, प्रिक्वाटर पुग्नेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेन्चुरी ब्रेकर (१०० अंक) ले ५० हजार र हाइगेस्ट ब्रेकर (८० अंक) ले २५ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले समान १५ हजार संघका अध्यक्ष सरोजकुमार मुल्मीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न बजेट ३२ लाख लाग्ने र त्यसको ७५ प्रतिशत जति रकम काठमाडौं महानगरपालिकाले बेहोर्ने अध्यक्ष मुल्मीले बताए ।

प्रकाशित : जेष्ठ ८, २०८१ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?