सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग : अध्यक्ष लिङ्देन

जेष्ठ ८, २०८१

कान्तिपुर संवाददाता

Sirohia's arrest gross abuse of power: President Lingden

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी सत्ताको चरम दुरुपयोग भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् ।

प्रहरीले मंगलबार साँझ सिरोहियालाई कान्तिपुर दैनिकको कार्यालयबाट पक्राउ गरेपछि राप्रपा अध्यक्ष लिङ्देनले सामाजिक संजालमार्फत प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

सहकारी ठगीमा तथ्य र प्रमाणसहित निरन्तर समाचार प्रकाशन गरेको प्रतिशोध राज्यले लिएको लिङ्देनको भनाइ छ । 'कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियामाथिको अभियोगका सम्बन्धमा न्यायिक निरुपण हुने नै छ । तर, सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ,' अध्यक्ष लिङ्देनले लेखेका छन्, 'कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यसप्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो ।'

कान्तिपुर

Link copied successfully