२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

ओलम्पिक छनोट खेल्न बक्सिङ टोली थाइल्यान्डतिर

काठमाडौँ — बक्सिङको दोस्रो ओलम्पिक छनोट प्रतियोगितामा भाग लिन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार थाइल्यान्डको बैंकक गएको छ ।

ओलम्पिक छनोट खेल्न बक्सिङ टोली थाइल्यान्डतिर

मे २४ देखि जुन ३ सम्म हुने प्रतियोगितामा २ पुरुष र १ महिला खेलाडीले भाग लिने छन् । पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र ६३.५ केजीमा प्रकाश इजम लिम्बूले प्रतिस्पर्धा गर्ने छन् । महिला ५४ केजीमा अञ्जनी तेलीको सहभागिता रहनेछ । प्रशिक्षकमा प्रकाश थापामगर छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले बिदाइ गरे ।

प्रकाशित : जेष्ठ ८, २०८१ २२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?