कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति आयो : महामन्त्री थापा

‘म पार्टीको महामन्त्री हुँ, गृहमन्त्री होइन ।’

विराटनगर — कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताका कारण कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले अहिलेको परिस्थितिको सम्पूर्ण कारण भनेको प्रधानमन्त्री दाहालको अस्थिरता नै रहेको बताएका हुन् । 

प्रचण्डको अस्थिर चरित्रका कारण अहिलेको परिस्थिति आयो : महामन्त्री थापा

‘प्रधानमन्त्री दाहालको यति धेरै अस्थिर चरित्र र व्यवहार नभएको भए एमाले माओवादी गठबन्धनको सरकार बनेको तीन चार महिना नहुँदै नयाँ गठबन्धन बन्दैन थियो,’ थापाले भने ‘एमालेसँग सरकारमा बसिरहेर पनि प्रचण्डले फेरि नयाँ खालको लसपस गर्नका निम्ति हातखुट्टा पसार्न थालेपछि अहिलेको दुर्घटना निम्त्याएको हो ।’

महामन्त्री थापाले अगाडि भने, ‘नेपालको राजनीतिमा प्रचण्ड यतिधेरै अस्थिर रहनुभयो कि उहाँसँग अब कसैको पनि विश्वास रहेन’ थापाले भने, ‘त्यो कारणले अहिलेको परिस्थिति सिर्जना भएको हो ।’

विगतमा पनि कांग्रेस र एमाले मिलेर मुलुकलाई निकास दिएको महामन्त्री थापाको भनाइ छ । महामन्त्री थापाले अहिले नै कांग्रेस कसको नेतृत्वमा सरकारमा जाने विषय टुंगो नलागेको समेत दाबी गरे । उनले भने, ‘प्रधानमन्त्री दाहालले मार्गप्रशस्त गरेपछि मात्र पार्टी कसको नेतृत्वमा एमाले सरकारमा जाने टुंगो लगाउँछ ।’ तपाई अबको गृहमन्त्री हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा थापाले भने, ‘म पार्टीको महामन्त्री हुँ, गृहमन्त्री होइन ।’

प्रकाशित : असार २०, २०८१ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×