कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडौँ — बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतले न्यायाधीश गिरीलाई ७ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । 

बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए । गत जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्धामा दोषी ठहर गरेको थियो । सजाय निर्धारणका लागि सोमबारको मिति निर्धारण गरिएको थियो ।

जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश रहेका बेला गिरीविरुद्ध उनकी पत्नी आरती रावलले गत वर्षको वैशाख १९ गते मुद्दा दायर गरेकी थिइन् । मुद्दाअघि बढेपछि निलम्बित गिरीलाई सर्वोच्च अदालतको चैत २१ गतेको आदेशले थुनामा पठाएको थियो । उनले गत वैशाख ३ गते जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए ।

न्यायाधीश पत्नी रावल न्यायको माग गर्दै लामो समय सडक संघर्षमा उत्रिएकी थिइन् । पतिबाटै बलात्कार भएको मुद्दा किनारा लाग्न ढिलाइ भएको आरोप लगाउँदै उनी २०८० असार १० देखि दुई महिनासम्म अनसन बसेकी थिइन् । उनले ०८० माघ १ देखि दोस्रो चरणको अनसन थालेकी थिइन् । सरकारले गाँस, बास, कपास र जिविकोपार्जन सहितको पिडित राहत सहायता उपलब्ध गराउनुपर्ने भन्दै हाल अनसनमा छन् ।

सोमबार सजाय निर्धारणको क्रममा तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने स्रेस्तेदार शर्माले बताए ।

प्रकाशित : जेष्ठ २९, २०८१ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x