कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

 थुम्सीमा अझै अवरुद्ध 
नारायण शर्मा

पूर्वी नवलपरासी — पहिरोले अवरुद्ध भएको महेन्द्रराजमार्ग अन्तर्गतको दाउन्ने सडक खण्डमा एकतर्फी यातायात सञ्चालन भएको छ । प्रहरीका अनुसार गएराति परेको पानीले दाउन्नेमा निर्माणधीन सडकको डाइभर्सन बगाउँदा आज बिहान ३ बजेदेखि सडक अवरुद्ध बनेको थियो । सडक केहीबेर अघिबाट एकतर्फी सञ्चालनमा आएको छ । 

दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालन

जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार सोमबार राति परेको पानीले गैंडाकोटको थुम्सीमा पहिरो गएपछि अवरुद्ध बनेको सडक अझै सञ्चालनमा आएको छैन । राजमार्ग अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सैयौं यात्री आज बिहान ३ बजेदेखि थुम्सीमा अलपत्र परेका छन् ।

प्रहरीले अहिले डोजर प्रयोग गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिएको छ ।

महेन्द्रराजमार्ग फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले राजमार्ग भत्काएर छोडेको वर्षौं भइसक्दा पनि काम नगरेकाले सानो वर्षा हुनासाथ ती स्थानमा राजमार्ग अवरुद्ध हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १५, २०८१ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×