कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

एमाले र रास्वपाबीच 'सहकारी-बन्धु गठबन्धन' भयो : शर्मा

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ दुई दलहरू एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गठबन्धन रहेको बताएका छन् । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरीबन्धु प्रकरणमा साथ दिने सहमति भएको शर्माको भनाइ छ । 

एमाले र रास्वपाबीच 'सहकारी-बन्धु गठबन्धन' भयो : शर्मा

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शर्माले दुवै पार्टीबीच आफू संलग्न रहेको भनिएका अनियमितताका प्रकरण नउठाउने सहमति भएको दाबी गरे ।

‘अहिले यहाँ के देखियो भने सहकारी प्रकरणमा नेकपा (एमाले)ले साथ दिने । गिरिबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसैले 'सहकारी-बन्धु गठबन्धन'को रुपमा उहाँहरू देखिनु भएको छ,' शर्माले भने ।

गिरीबन्धुको जग्गा बेचेर कमिसन खाएको आरोप एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमाथि लगाएका थिए । महामन्त्री शर्माले भने उक्त विषयमा छानबिन गर्नका लागि सरकारलाई भनेका छन् । 'हामीमाथि आरोप लगाउनुभएको होइन पूर्वप्रधानमन्त्री केपी ओलीले कि कांग्रेसले गिरिबन्धुको जग्गा बेचेर कमिशन खायो । छानबिन समिति त्यसमा पनि बनाऔँ न । हामी त्यसमा तयार छौँ,' शर्माले भने ।

प्रकाशित : जेष्ठ ११, २०८१ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×