कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने संसद्‌मा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीवार नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा महामन्त्री शर्माले लामिछानेले संसद्को बैठकमा सांसदले विदेशीलाई सूचना बेच्छन् भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाए ।

‘विदेशीलाई सूचना बेच्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्छ : महामन्त्री शर्मा

उनले गृहमन्त्री लामिछानेले संसद्‌मा गएर त्यस प्रकारको अभिव्यक्ति दिन नमिल्ने बताए । 'सभामुख देवराज घिमिरे गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सहमत हो ? यदि सहमति होइन भने संसद्को रेकर्डबाट गृहमन्त्रीको उक्त अभिव्यक्ति हटाइनुपर्छ,' महामन्त्री शर्माले भने, 'गृहमन्त्रीसँग त्यसको सूचना छ भने भाषण गर्दै हिड्नुपर्दैन, पक्राउ गरेर कारबाही गर्नुपर्छ । त्यस्तो व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन आग्रह गर्दछु ।'

भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभई ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरुको फाइल खोलेर कारबाही गर्न उनले आग्रह गरे ।

‘सुशासन स्थापित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने विषयको सन्दर्भमा हामीले गरेका प्रयासहरु पर्याप्त छैनन् । त्यसैले अहिले हामीले दबाबको भुमिका जरुरी छ । हामी सरकारमा हुँदा भएका कमजोरीको पनि फाइल खोलियोस् भनेर हाम्रो उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्‌मा नेपाली कांग्रेस पार्टीले प्रस्ताव लगेको छ,' उनले भने, 'नयाँ पार्टीका साथीहरुले भन्दै हुनुहुन्थ्यो, सहकारी ठगीका फाइलहरु खोल्ने हो भने ०४६ सालपछिका सबै खोल्न तयार हो कांग्रेस ? साथीहरु भन्दै हुनुहुन्थ्यो त्यो भन्दा दुई दिनअघि नै धनराज गुरुङको प्रस्ताव, सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र जीवन परियारको समर्थनमा नेपाली कांग्रेस पार्टीले संसद्‌मा दर्ता गरिसकेको थियो ।'

महामन्त्री शर्माले कांग्रेसले ०४६ सालपछि को मन्त्री भए ? को-को के-के भए ? कसले कति कमाए होलान् ? कमाएनन् होलान् ती सबै छानबिन गरौँ भनेर प्रस्ताव गरिसकेको बताए । 'संसदमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि संसद्‌मा छन् भन्नुभयो, त्यो भन्न पाइदैन । सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरामा सहमत हो कि होइन ? यस्तो कुरा संसद्‌मा बोल्न पाइन्छ कि पाइदैन ? यदि सहमति हो भने अलग कुरा हो । नभए किन रेकर्डबाट हटाउनु हुन्नँ ?'

प्रकाशित : जेष्ठ १०, २०८१ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?