कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

प्रभु हेलिकोप्टरका पाइलटलाई उडान प्रतिबन्ध 

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकोप्टरका क्याप्टेन पासाङ शेर्पालाई अर्को निर्णय नहुन्ञ्जेलसम्मका लागि उडानमा प्रतिबन्ध लगाएको छ ।

प्रभु हेलिकोप्टरका पाइलटलाई उडान प्रतिबन्ध 

उडानमा रहेको हेलिकोप्टरमा अनाधिकृत यात्रुलाई उडानयन्त्रहरु चलाउन दिएको घटना सार्वजनिक भएपछि क्याप्टेन शेर्पालाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । उनका अनुसार, कन्ट्रोल प्यानलमा नेभिगेसन स्विचहरु पाइलटबाहेक अनधिकृत व्यक्तिले चलाउन मिल्दैन, तर प्रभुको बीथ्रीई हेलिकोप्टरमा क्याप्टेन शेर्पा नजिक बसेकी महिला यात्रुले सँगसँगै ती स्विचहरु चलाएको देखिएकोले उनलाई उडानमा प्रतिबन्ध लगाइएको हो ।

‘टिकटकमा सार्वजनिक भएको भिडियोमा पाइलटले महिला यात्रुलाई सिकाउँदै गरेको अपाच्य दृश्यहरु देखिन्छन्,’ सहप्रवक्ता भुलले भने, ‘यस्तो घटनालाई प्राधिकरणले गम्भीर रुपमा लिई छानबिन गरिरहेको छ ।,’

सार्वजनिक भिडियोमा क्याप्टेन पोसाकमा देखिन्छन् । भिडियो सपना भुसाल नामको टिकटकमा अपलोड भएको प्राधिकरणले जनाएको छ ।


प्रकाशित : वैशाख ९, २०८१ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×