कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राप्रपाको आन्दोलनमा घाइते भएका बर्दियाका नेता डाँगीको निधन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । 

राप्रपाको आन्दोलनमा घाइते भएका बर्दियाका नेता डाँगीको निधन

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनका क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट डाँगी घाइते भएका थिए । श्रेष्ठले डाँगीको निधनबारे जानकारी दिँदै भनेका छन्,'चैत २७ गतेको प्रदर्शनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते डाँगीको छाउनी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो । उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उहाँको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।'

डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले १२:०० बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने पनि पार्टीले जनाएको छ ।

प्रकाशित : वैशाख ३, २०८१ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×