कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

काभ्रेको रोशीमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको रुख

बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

काभ्रे — काभ्रेको रोशीमा अपरिचित व्यक्तिहरूको समूहले गएराति बुद्धचित्तको बोट काटिदिएको छ  ।

काभ्रेको रोशीमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको रुख

शुक्रबार बिहान १ बजेतिर रोशी गाउँपालिका वडा नं ५ का स्थानीय ठकुरानी तामाङको बारीमा रहेको बुद्धचित्तको बोट अपरिचित १५/२० जनाको समूहद्वारा काटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा बुद्धचित्तको बोट काटिएको र सोही घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको, नजिकै जनमुक्ति सेना लेखिएको ज्याकेट फेला परेको थियो ।

उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित : चैत्र ३०, २०८० १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×