कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सभामुखले भने : प्रधानमन्त्री र मन्त्रीले समय माग्दा दिने अभ्यास हो

काठमाडौँ — सभामुख देवराज घिमिरेले संसदीय अभ्यास सांसदहरूलाई स्मरण गराएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोस्ट्रममा जान नदिने, सभामुखले संसद्को रोस्ट्रममा जानका लागि लामिछानेलाई समय दिए अवरोध गर्ने चेतावनी दिएको अवस्थामा सभामुख घिमिरेको उक्त भनाइ आएको हो ।

सभामुखले भने : प्रधानमन्त्री र मन्त्रीले समय माग्दा दिने अभ्यास हो

प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख घिमिरले सरकारलाई संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था पनि स्मरण गराए । 'प्रधानमन्त्री, मन्त्रीहरू संसद्प्रति उत्तरदायी हुने संवैधानिक व्यवस्था हो,' सभामुखले भने, 'प्रधानमन्त्री र मन्त्रीले संसद्मा समय माग गर्दा उपलब्ध गराउने हाम्रो प्रचलन, अभ्यास र व्यवस्था भएको कुरा म माननीय सदस्यहरूमा जानकारी गराउन चाहन्छु ।'

कांग्रेसले सहकारीको रकम ठगी प्रकरणमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई रोष्ट्रममा जान नदिने स्पष्ट गरेको छ । कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति गठनको माग बुधबारको बैठकमा राखेका थिए । उनले आगामी बैठकमा सरकारले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने चेतावनी दिएका थिए ।

प्रकाशित : चैत्र २१, २०८० १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×