कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ

काठमाडौँ — प्रहरीले मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुश्वाहासहित १६ जनालाई बालुवाटार क्षेत्रबाट पक्राउ गरेको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका अध्यक्षसहित १६ जना पक्राउ

समितिका प्रवक्ता निर्ग नवीनका अनुसार अध्यक्ष कुश्वाहासहित १६ जनालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको गेट नम्बर ३ नजिकैबाट पक्राउ गरिएको हो।

बालुवाटारमा मार्चमा जाने तयारी गरिरहेका बेला प्रहरीले घेरा हालेर उनीहरूलाई पक्राउ गरेको प्रवक्ता नवीनले बताए । कुश्वाहा सरकारसँगको वार्ता टोलीका संयोजकसमेत हुन् । पटक-पटक सरकारसँग वार्ता भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । सरकारले समस्या हल गर्ने बताए पनि नभएपछि विभिन्न जिल्लाबाट पैदलै न्याय मार्च गर्दै काठमाडौं आइपुगेका छन् ।

प्रकाशित : फाल्गुन २३, २०८० १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×